राजनीति

जनमोर्चा साँसद साही अपहरणमा ओली सरकारको संलग्नताः बरिष्ठ नेता पौडेल

१६ वैशाख, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनमोर्चाका साँसदलाई नक्कसी पिसिआर रिपोर्ट बनाउने अस्पताललाई कारबाही गर्नुपर्ने बताएका छन् ।
उनले काठमाडौस्थीत आफ्नै निवासमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘यहाँ त सीडीओ पनि लागेको, माथिल्लो सत्ता पनि लागेको, अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै संसद् नै स्थगित गरेर मुख्यमन्त्री काठमाडौं आएको, यो सबै खेल र प्रपञ्चले नक्कली खेल सबैको पर्दाफास भएको छ । नेकपा एमालेको षड्यन्त्र गण्डकीको संसद्मा पर्दाफास भएको छ ।’
नेता पौडेलले थपे ‘किर्ते नक्कली बहाना बनाएर,अघिल्लो दिनमा कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरी पोजेटिभ हुन्छ ? यसमा षड्यन्त्र छ । मैले भन्ने गरेको छु विभिन्न तरिकाले पैसा कमाउने, पैसाले सत्तामा पुग्ने,सत्ता चलाउने, यो लोकतन्त्रको धज्जी उदाउने काम भयो । खिमविक्रम शाही प्रकरण लोकतान्त्रिक मुलुकका लागि गम्भीर प्रश्न हो । यो देशको व्यवस्थामा यस्ता खेल, किर्ते जालसाजी खेल, अलोकतान्त्रिक षड्यन्त्रको छानबिन हुनुपर्छ ।’
जनमोर्चाका साँसद गण्डकी प्रदेश बैठकमा आउनुभन्दा अगाडी मोवाईल स्वीच अफ गरेर भाग्नु जनमोर्चँको प्रतिष्ठामा आँच आउने भन्दै जनमोर्चाले उनलाई कारबाही गर्नुपर्ने विचार नेता पौडेलले राखेका छन् । गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथी अबिस्वासको प्रस्तावमा छलफल भएका बेला साँसद शाही हराउनु नेकपा एमाले सरकारले गरेको जालसाँझी भएको बरिष्ठ नेता पौडेलको भनाई छ ।
उनले एमालेको षढ्यन्त्र भएको दाबी गर्दै सरकारले आफ्नो दबाबमा अपहरण शैलीमा बन्धक बनाएको भन्दै त्यसको स्वतन्त्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरे ।