आर्थिक

सनराइज बैंकले समता शैक्षिक गुठीलाई ३ लाख सहयोग

१५ बैशाख, काठमाडौं । सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ७७ वटा जिल्लामा ८० वटा विद्यालय संचालन गरी सात हजार भन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क रु १०० मा गुणस्तरीय शिक्षा दिदै आएको समता शैक्षिक गुठीलाई रु ३ लाख सहयोग गरेको छ । बैंकले यस गुठी अन्तर्गतका ६ वटा प्रदेश स्थित ६ वटा विद्यालयलाई रु ५० हजार का दरले हुने गरी कुल तीन लाख सहयोग गरेको हो । गुठीले उक्त रकम तेकिएको विद्यालयको संचालनको लागी खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पु¥याउने जनाएको छ ।
बुधबार एक कार्यक्रमका बिच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आरती राज्यलक्ष्मी राणाले समता शैक्षिक गुठीका निर्देशक दिपक संजेललाई तीन लाख को चेक हस्तान्तरण गर्नु हुदैं गुठीले गरेको कामको प्रशंसा गरे । यस्तै श्री दिपक संजेलले शिक्षा क्षेत्रमा कार्य गर्दै आएको समता शैक्षिक गुठीलाई सहयोग गरेकोमा सन्राइज बैंक प्रति कृतज्ञता र आगामी दिनमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बिकास गर्दै जाने जनाए ।
सन्राइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा विपन्न वर्ग लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९को कठिन घडिमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जाने जनाएको छ ।