पु.समाचार

२४ घण्टामा कोरोनाबाट १७ जनाको निधन, ४८ सय ९७ जना थपीए संक्रमित

१५ बैसाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ४८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यसै समयमा ७७३ जना कोरोना निको भएका छन् भने १७ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयले रिपोर्ट प्राप्त भएका मृतक संख्या १७ जना भनेको छ भने मृतक संख्या १० भनेको छ ।
अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ सय ११ जना पुगेको छ । संक्रमित पुरुष २८ सय २५ रहेका छन् भने महिला १९ सय ४९ रहेका छन् । १६ गतेबाट एक हप्ताका लागि काठमाडौं उपत्यकामा निशेधाज्ञा जारी गरिएको छ भने देशभरका कोभिड प्रभाबित जिल्ला तथा क्ष्थानीय तहहरुमा निशेधाज्ञा गरिएको अवस्था छ ।