पु.समाचार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज

१४, वैशाख, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा आज दिउँसो २ बजे बैठक बस्ने भएको हो ।

आजको बैठकमा कांग्रेको १४ औं महाधिवेशनको तयारी र मुलुकको वर्तमा राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यसअघि वैशाख १३ गते बस्ने भनिएको कार्यसमितिको बैठक केन्द्रीय सदस्हरुको पीसीआर परीक्षणका कारण स्थगित भएको थियो । पीसीआर परीक्षणबाट केही सदस्यहरुको कोरोना रिपोर्ट पोजेटिभ देखिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा कोरोना रिपोर्ट पोजेटिभ देखिएका सदस्यहरु भने उपस्थित हुने छैनन् ।