प्रदेश 1

थपिए प्रदेश नं १ मा १८८ कोरोना सङ्क्रमित

१४ बैसाख, बिराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नंं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटामा पाँच, इलाम र उदयपुरमा चारचार, भोजपुर, ताप्लेजुङमा, सङ्खुवासभा र खोटाङमा एकएक र प्रदेश बाहिरका २३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ८३४ पुगेको छ भने सङ्क्रमितमध्ये २९ हजार ९७७ सङ्क्रमणमुक्त भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३७३ पुगेको छ । सोही अवधिमा प्रदेशमा ७७४ को पिसिआर परीक्षण गर्दा ७१ महिला र ११७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । विराटनगरमा आइतबार ९० जना सङ्क्रमित भएको थियो ।