बाग्मती

पत्रकारद्वय अनिश र दुर्गालाललाई निःसर्त रिहाइ गर्न प्रदेश कमिटीको माग

१३ बैसाख, काठमाडौं । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीले पत्रकारद्वय अनिश तामाङ र दुर्गालाल तामाङलाई तत्काल निःसर्त रिहाइको माग गरेको छ । सो सङ्गठनले उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट आइतबार प्रहरीले गिरफ्तार गरेको घटनाको भत्र्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेको छ ।

सङ्गठनले आज विज्ञप्ति जारी गरी अदालतको आदेश तथा सञ्चारमाध्यमसँग सम्बन्धित सबै जिम्मेवारी बोकेको प्रेस काउन्सिलले गरेको निर्णयविरुद्ध संवैधानिक व्यवस्थामाथि हस्तक्षेप गरेको ठहर गरेको छ । सङ्गठनले तत्काल रिहाइ नभए प्रेस स्वतन्त्रतता कायम राख्न कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने समेत जनाएको छ ।

दलित जर्नालिस्ट नेटवर्कको महासचिवमा विश्वकर्मा

जागरण मिडिया सेन्टरका संस्थापक तथा कार्यकारी निर्देशक रेम विश्वकर्मा ‘इन्टरनेशनल दलित जर्नालिस्ट नेटवर्क’का महासचिव पदमा चयन भएका छन् । विश्वका विभिन्न मुुलुकका क्रियाशील दलित पत्रकारको आज भएको भर्चुअल बैठकबाट सो नेटवर्कको महासचिव पदमा विश्वकर्मालाई चयन गरिएको हो ।

महासचिव विश्वकर्मा, लामो समयदेखि लोकतन्त्र, समावेशिता, सामाजिक न्यायको आन्दोलन र दलित आन्दोलनमा सक्रिय छन् । उनले दलित समुदायको न्याय, हक अधिकार र स्वाभिमानका लागि नेतृत्व, पैरवी र लेखन अभियानमा काम गर्दै आएका छन् ।

विश्वकर्मा जागरणको संस्थापक महासचिव हुँदै संस्थाको तीन कार्यकाल अध्यक्षसमेत रहेर काम गरिसकेका छन् । त्यसैगरी, नेपाल पत्रकार महासङ्घको सचिवसमेत भइसकेका विश्वकर्मा नेपाल सरकारको सञ्चार मन्त्रालयअन्तर्गत उच्चस्तरीय आम सञ्चार नीति र समावेशी आयोगको पनि सदस्य भएर काम गरेका छन् ।

नेटवर्क, विश्वका विभिन्न मुुलुकका छरिएर रहेका दलित समुदायले जाति, भाषा, क्षेत्र, लिङ्ग र रङका आधारमा भोग्दै आएका विभिन्न प्रकारको विभेद र छुवाछूतजन्य व्यवहारको अन्त्य, सामाजिक न्याय, समानता, लोकतन्त्र, समावेशिता र मानव अधिकारको पूर्ण सुनिश्चितताका लागि क्रियाशील छ । नेटवर्कमा भारतका मालेपाली लक्ष्मेया अध्यक्षसहित ६, नेपालबाट महासचिवसहित चार, अमेरिकाबाट दुई, बङ्गलादेशबाट दुई, अस्टे«लिया, क्यानडा, श्रीलङ्का, नर्वे, साइप्रस, पोल्यान्ड र डेनमार्कबाट एक–एकजना गरी २१ जनाको कार्यसमिति चयन गरिएको छ ।