पु.समाचार

कोरोनाबाट आज १२ जनाको निधन, थपीए ३५ सय ५६ जना संक्रमित

१३ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३५ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यसै समयमा कोरोनाबाट १२ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ४०० पीसीआर परीक्षणबाट सोमबार ३ हजार ४४२ जना र ८ सय ९३ एन्टिजेन परीक्षणबाट ११४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आईतबार ३१ सयको हाराहारीमा पुष्टी भएका संक्रमित सोमबार ३५ सय नाघेका छन् ।
हालसम्म ३ लाख ३१ हजार ६१ जना संक्रमित पुगेका छन् । आज निधन हुने ७ जनालाई जोड्दा कोरोनाबाट निधन हुनेको संख्या ३ हजार १०२ पुगेको छ ।