बाग्मती

१६ गतेदेखी निशेधाज्ञा गर्ने उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको निर्णय !

१३ बैसाख, काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको लामो बैठकले उपत्यकामा यही बैसाख १६ गतेबाट लकडाउन गर्ने निर्णय गरेको छ । सिरिएमसी सरकारलगायतले स्थानीय प्रशासनलाई जिम्मेवारी दिएपनि सरकारले तोकेको मापदण्डअनुसार कोरोना माहामारीबाट बच्न र बचाउन उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।
लकडाउन वा निशेधाज्ञा भएको समयमा अत्यावश्यकबाहेक कुनैपनि कुरा संचालन हुने छैनन् । आईतबार नै परीक्षीसमेत राक्दै शैक्षिक क्षेत्र बन्द गर्न निर्देशन दिएको थियो । बाँके, बर्दियालगायतका जिल्लामा स्थानीय प्रशासनले निशेधाज्ञा घोषणा गरिसकेका छन् । नेपालमा कोरोना भाईरसको संक्रमणको अवस्था जटिल बनेपछि सरकार डराएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड नियन्त्रण प्रयास नगरिए बिरामी राख्ने बेडसमेत नहुने बताए । गृह मन्त्रालयसँग समस्वय गरि कोरोना नियत्रणका लागि लकडाउन गरेर जा निशेधाज्ञा गरेर वा अनय कुनै माद्यमबाट आवागमन कडा गरेर अगाडी बढिने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनले यहीदिनदेखी नै लकडाउन वा निशेधाज्ञा गरिने भन्ने खुलाएनन् ।