बाग्मती

सडक नजिकैको बारीमा भेटियो मोक्तानको शव

१३ वैशाख, मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा बाझोँ बारीमा पुरुषको शव फेला परेको छ । हेटौंडा–१३ मा सोमबार बिहान स्थानीय ३२ वर्षीय जमानसिंह मोक्तानको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोक्तानको शव सडकबाट एक सय मिटरभित्र बाँझो बारीमा फेला परेको छ ।

मोक्तानको के कारणले मृत्यु भएको भन्ने खुलेको छैन । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।