लुम्बिनी

बाँकेमा एक हप्ता लकडाउन, अत्यावश्यकबाहेक सबै सेवा बन्द

१३ वैशाख, बाँके । बाँके जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा घोषणा गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्न थालेपछि जिल्लामा सोमबार रातिदेखि नै लागू हुनेगरी निषेधाज्ञा घोषणा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार आजदेखि अर्को सूचना जारी नहुँदासम्म जिल्लाभरी लागू हुने गरी लकडाउन गरिएको छ । लकडाउन अवधिभर अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ । एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने छन् ।

नेपालगन्ज, कोहलपुरमा गरिएको लकडाउन प्रभावकारीरुपमा कार्यान्वयन नभएको र कोरोनको संक्रमण फैलिँदै गएपछि लकडाउन जारी गर्नु परेको समेत प्रशासनले जनाएको हो ।