लुम्बिनी

माछा खाएपछि झाडापखाला लागेका दिदीबहिनीको मृत्यु

१३ वैशाख, दाङ । झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका दुई छोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढा रहेका छन् ।

दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए । उपचारका क्रममा निधन भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।