पु.समाचार

उपत्यकाका तीन जिल्लाका सिडियोबीच छलफल हुँदै, लकडाउन होला ?

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बैठक बस्ने भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार काठमाडौं, ललितपुर र भक्तपुरका सिडियो बैठक बस्ने भएका हुन् ।

बैठकले सीसीएमसीको सिफारिसका सम्बन्धमा आवश्यक निर्णय लिन सक्नेछ । सिसिएमसीको सिफारिस हेरिएको र आजको बैठकमा सोही अनुसार निर्णय गर्ने काठमाडौंका सिडियो कालीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा लकडाउने गर्ने सरकारले तयारी गरिरहेको बुझिएको छ ।