समाचार

२४ घण्टामा ७ लाख संक्रमित थपिए, झण्डै १० हजारको मृत्यु

१३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभरमा सात लाख बढी मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन तीन लाख ५४ हजारसहित विश्वमार सात लाख २७ हजार एक सय मानिसमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै विश्वभर कोरोना संक्रमण हुनेको कूल संख्या १४ करोड ७७ लाख ८० हजारभन्दा बढी छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ हजार ९ सय २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउको संख्या ३१ लाख २२ हजार चार सय नाघेको छ ।

कोरोना संक्रमितमध्ये सोमबार बिहानसम्ममा १२ करोड ५२ लाख १४ हजार तीन सय २६ जना निको भइसकेका छन् । राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड २८ लाख २४ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ५३ लाख ७९ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ८६ हजार एक सय ४८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

त्यसैगरी भारतमा हालसम्म एक करोड ७३ लाख ६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड ४२ लाख ९६ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ९५ हजार एक सय १६ जना पुगेको छ।

नेपालमा हालसम्म तीन लाख एक सय १९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७७ हजार पाँच सय ७३ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार एक सय ६४ जनाले ज्यान गुमाइसकेका छन् ।