अन्तर्राष्ट्रिय

भारतमा एकैदिन २८ सयको मृत्यु, ३ लाख ५४ हजार संक्रमित थपिए

१३ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट भारतमा एकैदिन दुई हजार आठ सयको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार आठ सय ६ जना संक्रमितको मृत्यु भएको हो ।

योसँगै भातरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९५ हजार एक सय बढी पुगेको छ । पछिल्लो २४ घण्टामा यहाँ तीन लाख ५४ हजार पाँच सय बढी कोरोना संक्रमित भएका छन् । भारतमा सोमबार बिहानसम्ममा संक्रमितको कूल संख्या एक करोड ७३ लाख ६ हजार बढी छ ।

भारतमा सोमबार बिहान सक्रिय संक्रमितको संख्या २८ लाख १४ हजार पाँच सय बढी छ । यहाँ संक्रमितमध्ये एक करोड ४२ लाख ९६ हजार ६ सय मानिस निको भइसकेका छन् ।