पु.समाचार

पहाडमा २ सय र सहरमा ५०० सकृय संक्रमीत भए निशेधाज्ञा गर्ने सरकारी निर्णय

१२ बैशाख, काठमाडौं । नेपाल सरकारले अबउप्रान्त सबै परीक्षा स्थगीत गर्न निर्देशन दिएको छ । नेपाल सरकार सीसीएमसीले कोरोना महामारी अत्याधिक बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै उक्त आग्रह गरेको छ ।
सरकारले पहाडमा कम्तीमा २०० जना र शहरमा ५०० जना संक्रमीत देखिएमा निशेधाज्ञा गर्ने प्रावधान बनाएको छ । सरकारले यसअघि नै अक्सिजनसहित स्वास्थ्य सामग्री उपलब्ध गराउन भारतलाई पत्र पठाईसकेको अवस्था छ ।
लकडाउन गर्नुपर्ने र गर्ननहुने बिभिन्न तर्ककाबीच निशेधाज्ञा गर्न एउटा मापदण्ड बनेको हो । उक्त मापदण्डअनुसार निशेधाज्ञा लागू हुने बताईएको छ ।