पु.समाचार

साबधानी नअपनाए अस्पतालमा बिरामी राख्ने ठाँउ हुन्नः स्वास्थ्य मन्त्रालय

१२ बैशाख, काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्बसाधारण तथा सबैले कोरोना संक्रमणबाट बच्न साबधानी नअपनाए बिरामी राख्ने ठाउँ पनि नहुने बताएको छ ।
आजमात्र काठमाडौं उपत्यकामा १४ जनासहित ३१ सय २४ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा स्वास्थ्य मन्त्रालयले साबधानी अपनाउन सर्बसाधारणलगायत सबैलाई आह्वान गरेको छ ।
मन्त्रालयले ३ महिनामा २ लाखभन्दा बढी कोरोना संक्रमीत थपीने आँकलन गरेकाले स्वास्थ्य मन्त्रालय डराएको छ । सवथ्य मन्त्रालयका सह–प्रवक्ता समीरमणि अधिकारीले बिज्ञप्ती प्रकाशित गर्दै उक्त कुरा बताएका छन् ।