सामाजिक सञ्जाल

साँसद सिद्धिकीको निधनले कांग्रेसले एउटा असल महिला नेतृ गुमायोः सभापति देउवा

१२ बैसाख, काठमाडौं । नेपाली काँग्रेसकी साँसद मोहम्मद सिद्धिकीको कोरोना संक्रमणका कारण शनिबार निधन भएको छ । साँसद सिद्धिकीको बाँकेमा कोरोना संक्रमणका कारण भएको निधनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समबेदना दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनीहरुले स्तब्ध भएको बताएका छन् । उनले नेपाली कांग्रेसकी नेतृ, महिला अधिकारकर्मी र संविधानसभा सदस्य मोहम्मदी सिद्दिकी बहिनीको निधनको खवरले निकै दुखि भएको बताएका छन् ।
सभापति देउवाले भनेका छन्, नेपाली कांग्रेसकी नेतृ, महिला अधिकारकर्मी र संविधानसभा सदस्य मोहम्मदी सिद्दिकी बहिनीको निधनको खवरले निकै दुखि भएको छ। उहाँको निधनले कांग्रेसले एउटा असल महिला नेतृ गुमाएको छ । बहिनी मोहम्मदीको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु।