अन्तर्राष्ट्रिय

भारतमा एकैदिन २७ सयको मृत्यु, ३ लाख ४९ हजार संक्रमित थपिए

११ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा दुई हजार सात सय बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा यहाँ दुई हजार सात सय ६१ जनाको मृत्यु भएको हो ।

योसँगै आइतबार बिहानसम्ममा भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ९२ हजार तीन सय १० पुगेको छ ।
पछिल्लो २४ घण्टामा तीन लाख ४९ हजार तीन सय १३ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा हालसम्म संक्रमित हुनेको संख्या एक करोड ६९ लाख ५१ हजार भन्दा बढी छ ।

संक्रमितमध्ये हालसम्म एक करोड ४० लाख ७८ हजारभन्दा बढी निको भइसकेका छन् । हाल देशभर २६ लाख ८१ हजार भन्दा बढी मानिस सक्रिय संक्रमणको अवस्थामा छन् ।