पु.समाचार

काँग्रेसले डाक्यो सोमबारका लागि केन्द्रीय समिति बैठक, महत्वपूर्ण निर्णय हुने संकेत

११ बैसाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने भएको छ । १३ गते सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने र उक्त बैठकमा उपस्थितिका लागि मुख्यसचिव कृष्णचन्द्र पौडेलले सबै केन्द्रीय समिति सदस्यहरुलाई विज्ञप्तीमार्फत आह्वान गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली बिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गर्ने, नयाँ सरकारको नेतृत्व काँग्रेसले गर्ने, नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौमा गर्ने निर्णय गरिसकेको काँग्रेसले सोमबारको बैठकमा पनि महत्वपूर्ण निर्णय गर्नसक्ने अनुमान लगाउन सकिन्छ ।
काँग्रेस सभापति देउवालाई आफ्नो नेतृत्वमा सरकार बनाउन पार्टीले म्याण्डेट दिएपनि माओबादी केन्द्रले स्पष्ट रुपमा सहयोग गरेपनि जसपामा दुई धार भएका कारण बहुमत पुग्न सकेको छैन । संसदीय ब्यवस्थाअनुसार संसदको बहुमत नयाँ सरकार बनाउन आवस्यकता हुन्छ त्यही अनुसार जानुपर्ने हुन्छ । अझैपनि काँग्र्सले सरकारको नेतृत्व लिन पहल भने जारी राखेको छ । बैठकमा आमन्त्रीत केन्द्रीय सदस्यहरुलाई पनि निम्ता गरिएको छ।