राजनीति

धरहारा उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘नेपाली जनता भीखमंगा होईन्, लिनभन्दा दिन सक्छन्’

११ बैसाख, काठमाडौं । प्रधानमनत्ती केपी शर्मा ओलीले नेपाली भीखमंगा नभएको बरु अरुलाई दान गर्ने हैशियत भएको बताएका छन् । ०७२ सालको महाभूकम्पका कारण भत्किएको धरहरा पुनःनिर्माणपछि आज लोकतन्त्र दिवशका अवशरमा उद्घाटन गर्दै नेपाल दाता काहाँ पाईन्छ भनेर खोज्ने अवस्थामा भएपनि उक्त अवस्था परिवर्तन गरी आफ्नो मुलुक आफैं बनाउनसक्ने हुन जरुरी भएको बताए ।
प्रधानमन्त्री ओलीले तीन अर्बभन्दा बढीको लागतमा तयार भएको धरहराको उद्घाटनमा उत्शाहित हुँदै भने, ‘नेपाली जाति भिखमंगा हुन सक्दैन । दान गर्ने दाता जाति हो, भिखमंगा होइन । त्यसकारण देशलाई दाताको हैसियतमा उठाउन हामीले आ–आफ्नो ठाउँबाट प्रयास गर्नु जरुरी छ ।’
उनले थपे, ‘हामीले बनाउने हो देश र हामी बनाउन सक्छौं । हामी सहयोगापेक्षी भएर बस्ने होइन, हामी कर्मठ भएर बस्ने हो ।’ भीमसेन थापा प्रधानमन्त्री हुँदा बनाईएको भनिएको धरहरा अहिले २२ तल्ले बनाईएको छ । ९ तल्ले हुँदा महाभूकम्पले तहसनहस बनाउँदै मानविय क्षतीसमेत गराएको थियो ।
प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गरेको बिषयमा सर्बसाधारणबाट स्यावासी पाएका छन् । विकासप्रेमी जनताले उनको प्रशंसा गरेको देखिन्छ ।