आर्थिक

आजबाट सानिमा लाईफइन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

१० बैसाख, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरीदुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा सानिमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सानिमा लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाईल्एक्ष्सँग जोडेपछि इन्स्योरेन्सदाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, vendor भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु रियल–टाइम तथा नन–रियलटाइममाआबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यी सबैकारोबारहरु सोझैइन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

साथैसानिमा लाइफका बीमितहरुले आफ्नो बीमा शूल्कको अन्लाईन भुक्तानी connectIPS कोवेब, मोबाईल एप तथा सदस्य बैंक वित्तिय संस्थाहरुको शाखाबाट गर्दै नै आएका छन् ।

वि. सं. २०७४ देखि संचालनमा रहेको सानिमा लाइफ इन्स्योरेन्स लि., सानिमा बैंक तथा गैर आवासीय नेपालीहरूद्वारा प्रवद्र्धित कम्पनी हो । सानिमा लाइफ नेपालको जीवन बीमा क्षेत्रमा एक विश्वसनीय नाम हो र एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दतपुग्ने अपेक्षा गरेको छ ।

एनसीएचएल नेपाल राष्ट्र बैंकर बैंक तथावित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो । यसका NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS, NPI र CORPORATEPAY प्रणाली सञ्चालनमा रहेका छन् जसमा सबै जसोबैंक तथा वित्तीय संस्थाहरू आबद्ध भैसकेका छन् ।