बाग्मती

दुर्घटनामा परी एकको मृत्यु, अटोमा सवार अन्य दुई जना घाइते

१० बैशाख, वाग्मती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा आज बेलुका भएको सवारी दुर्घटनामा परी अटोमा सवार एक पुरुषको मृत्यु भएको छ । पश्चिमबाट हेटौँडा आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रकले ना १ ह ७१९४ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार मकवानपुर मनहरी–९ का अन्दाजी ३०÷३५ वर्षीय कुमार मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अटोमा सवार अन्य दुई जना घाइते भएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।