प्रदेश 1

प्रदेश नं. १ मा ११६ सङ्क्रमित थपिए

१० बैसाख, बिराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नंं. १ मा ११६ कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा ७२ मध्ये विराटनगरमा ५४, सुनसरीमा नौ, झापामा १४, उदयपुरमा चार, धनकुटा र भोजपुरमा तीन/तीन, सङ्खुवासभामा दुई, तेह्रथुम इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा एक/एक र प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार १८६ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या २९ हजार ९३५ रहेका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ७७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५१९ जनाको पीसीआर परीक्षण गर्दा ५३ महिला र ६३ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । विराटनगरमा बिहीबार ९७ मा कोरोना पोजेटिभ देखिएको थियो ।