आर्थिक

सिभिल बैंकको खुरखुरे शाखाको उद्घाटन सम्पन्न

१० बैसाख, काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराकासाथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो खुरखुरे शाखा स्थानन्तरण गरेको छ । स्थानन्तरित खुरखुरे शाखाको समुद्घघाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरिन् । हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्तउद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरीएको थियो ।

उक्त शाखाउद्घाटन गर्दै शुभकामना मन्तव्यदिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा राप्ती नगरपालिकानगर प्रमुख प्रभा बरालले खुरखुरेमा वित्तीय पहुँचबृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पु¥याउने कुरा बताईन् । ब्यापार व्यवसायविस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथाआफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्कभई ब्याजआर्जन गर्न आग्रह गरिन् ।

उक्त समारोहका सभापति तथा सिभिल बैंकका प्रदेश २ नं का प्रमुख विश्वास अर्यालले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताईन् । सिभिल बैंकले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवातथा सुविधाउपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्रउकास्नको लागी साना तथा मझौला ब्यापार ब्यबसाय लगायतअन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

करीव साढे पाँचलाख ग्राहकहरुलाई ११४ शाखाहरु, ९ एक्सटेन्सन काउन्टरहरु, ८९ एटियमहरुमार्पmत सेवाप्रदानगरिरहेको सिभिल बैंककोे हालसम्म करीव रु. ८९अर्व निक्षेप परिचालन गरी करीवरु. ८३अर्व कर्जा लगानी गरीसकेको छ ।