राजनीति

ओलीलाई नहटाए अराजकता निम्तिने खतराः काँग्रेस नेता डा कोईराला

१० वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई जतिसक्दो चाँडोभन्दा चाँडो बिदा गर्नुपर्ने बताएका छन् ।
उनले बिराटनगरस्थीत कोईराला निवासमा पत्रकारहरुसँग कुरा गर्दै बर्तमान ओली सरकारलाई छिटोभन्दा छिटो बिदाई नगरे देशमा थप अराजकता निम्तिने खतरा भएको बताए ।
कोइरालाले पार्टीहरू भित्र विवाद भइरहेको बताए। उनका अनुसार एमाले, राजपामा मात्रै हैन कांग्रेस पनि अलमलमा परिरहेको कारण काँग्रेसले पनि स्पष्ट बाटो लिनुपर्ने बताए ।
डा कोईरालाले प्रधानमन्त्री आफैं संसदमा उपस्थित नभएर संसदीय प्रणालीको खिल्ली उडाएको भन्दै चुनावी सरकारको नेतृत्व काँग्रेसको पोल्टामा नआए अरु नै कसैलाई सरकारको नेतृत्व गर्न सहमती गरेर भएपनि ओली सरकारलाई छिटो हटाउनुपर्ने विचार ब्यक्त गरे ।