पु.समाचार

२४ घण्टामा २५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको निधन

१० वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा २५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यसै समयमा कोरोनाबाट ५ जनाको निधन भएको छ ।

देशका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७९८ पीसीआर परीक्षणबाट शुक्रबार २ हजार ४४९ जना र ८६६ एन्टिजेन परीक्षणबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले पीसीआर र एन्टिजेन परीक्षणमा २ हजार ५९ जनामामो कोरोना संक्रमण पुष्टी भएको बताएको छ ।
पछिल्लो २४ घण्टामा ४१० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म सक्रिय संक्रमित १४ हजार ७ सय २४ छन् भने क्वारेन्टाइनमा ७५ जना रहेको मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै प्रति दश लाख जनसङ्ख्यामा पीसीआर परीक्षण गराउनेको सङ्ख्या ८१ हजार ९६५ रहेका छन् । चौध हजार ७२४ जना आईसोलेशनमा छन् भने हाल ७५ जना क्वारेन्टिनमा छन् । सङ्क्रमितमध्ये महिला एक हजार २३ र पुरुष एक हजार ४२६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म दुई लाख ७६ हजार ७५५ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । अहिलेसम्म जम्मा सङ्क्रमितमध्ये निको हुने दर ९३ दशमलव ९ प्रतिशत छ । पछिल्लो २४ घण्टामा देशभर ४१० सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १४ हजार ७२४ सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टाको विवरणअनुसार सबैभन्दा बढी २०–२९ उमेर समूहमा सङ्क्रमण देखिएको छ । यो उमेर समूहमा ५७५, ३०–३९ मा ५५५ र ९०–१०० उमेर समूहमा दुई र नौ वर्षमुनिका ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पाँच सयभन्दा बढी उपचारार्थ सङ्क्रमितहरू भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही छन् । हाल होम आइसोलेशनमा रहनेको सङ्ख्या १३ हजार ५७८, संस्थागत एक हजार १४६, आईसीयू १७३ र भेन्टिलेटरमा ५७ जना छन् । देशभर आईसीयू शय्यामा एक हजार १८० र भेन्टिेलेटरमा ५१२ जना छन् । हालसम्म कोभिड–१९ विरुद्धको खोप लिएकाहरूको सङ्ख्या १९ लाख ७८ हजार २३९ पुगेको छ ।