पु.समाचार

बालुवाटारमा नेकपा एमालेको बैठक बस्दै, नेपाल पक्षमाथि थप कारबाहीको सम्भावना

१० वैशाख, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । वैशाख ६ गतेको निरन्तरता भनिएको बैठक आज ११ बजे बस्ने भएको हो ।

६ गतेको बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका ३२ जना सांसदलाई स्पष्टीकरण सोधिएको थियो ।

स्पष्टीकरण सोधीएका सांसदहरुले प्रष्टिकरण बुझाइसकेका छन् । आजको बैठकमा नेताहरुले बुझाएको स्पष्टीकरणका विषयमा छलफल हुने बताइएको छ । साथै खनाल-नेपाल पक्षका सांदसहरुमाथि थप कारबाहीको निर्णय हुन सक्ने सम्भावना रहेको बुझिएको छ ।

आजको बैठकमा पार्टीको सांगठनिक र राजतीतिक प्रतिवेदनमाथि समेत छलफल हुने बताइएको छ ।