पु.समाचार

ओली र गाैतमबीच ‘डिनर मिटिङ’ : अवैधानिक निर्णय फिर्ता लिन गौतमको अनुरोध

१० वैशाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेका छन् । बालुवाटारमा बिहीबार साँझ भएको भेटवार्तामा गौतमले प्रधानमन्त्री ओलीलाई अवैधानिक निर्णय फिर्ता लिन अनुरोध गर्दै फिर्ता नभएसम्म सँगै हिँड्न नसक्ने बताएका हुन् ।

गौतमले भने, ‘कम्रेड केपीसँग छलफल भयो । उहाँले पार्टीका काममा फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाइँले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ ।’

प्रधानमन्त्री ओलीले गरिसकेका निर्णय फिर्ता नहुने जवाफ दिएको र प्रतिउत्तरम आफूले पनि उसो भए सँगै हिँड्न नसक्ने बताएको उपाध्यक्ष गौतमको भनाइ छ ।

ओली र गौतमबीच बालुवाटारमा बिहीबार साँझ डिनर मिटिङ भएको थियो । ओलीले गरिसकेको निर्णय फिर्ता नगर्ने भनेपछि आफू डिनर चलिरहेकै समयमा नमस्कार गरेर निस्किएको गौतमले बताए ।