समाचार

विश्वमा एकैदिन १२ हजार ९ सय संक्रमितको मृत्यु, ८ लाख ७१ हजारमा संक्रमण

१० वैशाख, काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणका कारण एकै दिन १२ हजार नौ सय बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा १२ हजार नौ सय ३० संक्रमितको ज्यान गएको हो ।

योसँगै शुक्रबार बिहानसम्ममा विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० लाख ८४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा आठ लाख ७१ हजार दुई सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहानसम्ममा विश्वमा कोरोना पुष्टि हुनेको संख्या १४ करोड ५३ लाख तीन हजार बढी भएको छ ।

संक्रमितमध्ये हालसम्म १२ करोड ३५ लाख ६७ हजार निको भइसकेका छन् ।