अन्तर्राष्ट्रिय

भारतमा कोरोनाको राज : एकैदिन २२ सय बढीको मृत्यु, ३ लाख ३२ हजार संक्रमित

१० वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमण दिन प्रतिदिन भयाबह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ३२ हजार पाँच सय बढी मानिस संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा यहाँ कोरोना संक्रमणका कारण दुई हजार दुई सय ५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८६ हजार नौ सय बढी भएको छ ।

हाल भारतमा २४ लाख २८ हजार भन्दा बढी सक्रिय संक्रमित छन् । दैनिक तीन लाख भन्दा बढी मानिस संक्रमित भइरहेका छन् भने दुई हजार बढीको मृत्यु भइरहेको छ । भारतमा कोरोना संक्रमणले महामारीको रुप लिइरहेको छ ।