आर्थिक

सिभिल बैंकले कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि

९ बैसाख, काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६५प्रतिशतले बढेको छ भने कर्जा प्रवाह५४.६७५प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ । गतवर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो ।
सिभिल बैंकले यस आर्थिक वर्षमा निक्षेप तर्फ रु २७.७६ अर्व वृद्धि गरेको छ जुनअसार मसान्तको निक्षेपको तुलनामा ४६ प्रतिशत को वृद्धिहो । बैंकको निक्षेपको वृद्धिअन्य वाणिज्य बैंकहरुको तुलनामा वृद्धि रकममा सातौं तथा प्रतिशत वृद्धिमा पहिलो स्थानमा रहेको छ । त्यसैगरि बैंकले कर्जा तर्फ यस आर्थिक वर्षमा रु.२७.६२ अर्व वृद्धि गरेको छ जुनअसार मसान्तको कर्जाको तुलनामा ५१ प्रतिशतको वृद्धिहो । बैंकको कर्जाको वृद्धि अन्य वाणिज्य बैंकहरुको वृद्धिको तुलनामा वृद्धि रकममा दशौं तथा वृद्धि प्रतिशतमा पहिलो स्थानमा रहेको छ ।
तेस्रो त्रैमासको अन्तसम्म बैंकको ग्राहक संख्या ५ लाख ४१ हजार ९८२ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा२४.७६ प्रतिशतले वृद्धिहो । गतवर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या ४ लाख ४२ हजार ४४२ थियो ।

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ ।बैंकको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ६१.८१ प्रतिशतले घटाउन सफलभएको छ । गतवर्षको यही अवधिसम्म२.९६प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर १.१३प्रतिशतमा झरेको हो ।

बैंकले समीक्षा अवधिमा रु ५० करोड २५लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गतवर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी हो।