पर्यटन/संस्कृति

मनकामना केबुलकार सेवा बन्दगर्न खोजिएको प्रति असन्तुष्टि

९ बैसाख, गोरखा । जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमामनकामना केबुलकार बन्दगर्न आदेश गरेको छ । उक्तआदेशबाट स्थानीयव्यवसायी देखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
मनकामनामन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनिबन्द नै राखीभक्तजनहरूलाई बाहिरबाट नै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित पुजा चलाईरहेको अवस्थामा केबुलकारलाई बन्दगर्नु असान्भर्दिक रहेको छ ।
हाल नेपाल सरकारको निर्णयानुसार मन्दिरहरूमा नित्य पुजा, ध्यान तथा प्रार्थना मात्रगर्ने गराउने आदेश भएको र सार्वजनिक यातायातमा समेत स्वासथ्य मापदण्ड तोकिइ चलाउने व्यवस्था भएको छ र केबुलकारमा समेतमा यही लागू हुने समेत सरोकारवालाको बुझाई रहेको छ ।
मन्दिर बन्द गर्दैमा केबुलकार बन्दगर्नु भन्ने जिल्ला प्रसाशन कार्यालय गोर्खाको मौखिक आदेश नेपाल सरकारको आदेशसँग बाझिएको मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले भने ।
‘मन्दिर बन्द हुँदैमा मनकामना क्षेत्रमा नै प्रवेश निषेध गर्नु न्यायोचित नहुनुका साथै मानव अधिकारमा र व्यवसायिक अधिकारमा ठाडो हस्तक्षेप हो ।’श्रेष्ठले थपे ।
उनले तोकिएको स्वास्थ मापदण्ड पालना गर्ने र सचेत रहने कुरामाजोड दिँदै केबुलकार सञ्चालनगर्न पाउनुपर्ने तर्क गरेका छन् ।