पु.समाचार

साँसदलाई ओलीद्वारा कारबाही गर्न रोक्न माग गर्दै नेपाल/खनालद्वारा सर्बोच्चमा रिट

९ वैशाख, काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षले सर्बोच्च अदालतमा मुद्धा दायर गरेको छ । आफ्ना पक्षका साँसदहरुलाई कारबाही गरेको प्रति असन्तुष्टी हुँदै संसदमाथीको सम्भाबित कारबाही रोक्न माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका छन् ।
माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषलले दायर गरेको रिटको सुनुवाई आईतबारका लागि पेशी तोकिएको बताईएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गतेको सर्बोच्च अदालतको फैसलाको आडमा मनपरि गरेको आरोप लगाएएको छ ।
‘पार्टी अध्यक्षले कुनै पनि बखत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेको भनी कारबाही गर्न सक्ने पूर्ण आशंका भएकाले त्यस्तो कार्य प्रतिषेधको आदेशद्वारा तत्काल रोक्नु भन्ने आदेश समेत जारी गरिपाउँ ।’ रिटमा भनिएको छ ।