राजनीति

पार्टीविरोधी र गुटगत गतिविधि कुनैपनि हालतमा सम्झौता हुन सक्दैन : प्रधानमन्त्री ओली

९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीविरोधी र गुटगत गतिविधिमा कुनैपनि हालतमा सम्झौता हुन नसक्ने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष ओलीले पार्टी कार्यालय सिलान्यासका क्रममा बोल्दै व्यक्तिगत तबरमा कुराकानी हुनसक्ने भएपनि अब पार्टीभित्र गुटगत गतिविधि नचल्ने बताएका हुन् ।

उनले भने, ‘पार्टीविरोधी र गुटगत गतिविधिमा कुनैपनि हालतमा सम्झौता हुन सक्दैन । व्यक्तिगत तबरमा कुराकानी हुनसक्ने भएपनि अब पार्टीभित्र गुटगत गतिविधि चल्दैन ।’

अध्यक्ष ओलीले माधव कुमार नेपाल समूहलाई कारबाही नगरेर सम्झाउने प्रयास गरेको बताए । उनले भने, ‘उनीहरुले यति उपद्राे गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि, अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेका छौँ । हाम्रो प्रयास सम्झाउनेमा छ । सच्याउनेमा छ । भरसक पार्टीमा क्षति नहोस् भन्ने छ । ’