शिक्षा

शिक्षा मन्त्रालयद्वार यी ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र (एनओसी) दिन रोक

९ वैशाख, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अष्ट्रेलियासहित पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बैशाख ९ गते देखि लागू हुनेगरी पाँच वटा देशका लागि एनओसी दिन बन्द गरेको हो ।

बन्द गरिएका देशमा अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, बंगलादेश र चीनका पर्छ । कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेकाले तत्कालका लागि नयाँ ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरेको बताइएको छ ।

विदेशमा अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने नो अब्जेक्शन लेटर जारी नरोकिने सूचनामा उल्लेख छ ।