खेलकुद

इपीएलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी उपाधि नजिक

९ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल (इपीएल) मा शीर्ष स्थानको म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको छ ।

बुधबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको थियो । जीतसँगै सिटी केही खेल बाँकी रहँदै उपाधि नजिक पुगेको हो ।

एस्टनको मैदानमा सुरुवाती अग्रता घरेलु टोलीले बनाएको थियो । खेलको पहिलो मिनेटमै जोन म्याकगिनले गोल गर्दै एस्टनलाई १९० को अग्रता दिलाएका थिए ।

२२ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा फर्काए । ४०औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई २१ को जित दिलाए ।

यस जीतसँगै सिटीले लिगमा ११ अंकको अग्रता बनाएको छ । सिटीले ३३ खेलमा ७७ अंक जोडेको छ । दोस्रो स्थानको युनाईटेडको ६६ अंक रहेको छ । एस्टन ४४ अंक जोडेर ११औँ स्थानमा छ ।