समाचार

एकैदिन १४ हजार संक्रमितको मृत्यृ, मृतक संख्या ३० लाख ७१ हजार नाघ्यो

काठमाडौं । विश्वमा एकैदिन १४ हजार मानिसमो कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । वर्ल्डोमिटरको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १४ हजार संक्रमितको मृत्यु भएको हो ।

योसँगै विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० लाख ७१ हजार ६ सय २५ पुगेको छ । विश्वमा एकैदिन आठ लाख ८० हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । हाल विश्वभर सक्रिय संक्रमितको संख्या एक करोड ८७ लाख ५४ हजार छ ।

पछिल्ल २४ घन्टामा सबैभन्दा धेरै भारतमा तीन लाख १५ हजार भन्दाबढी मानिसमा कोरोना पुष्टि भएको छ । भारतमा एकैदिन दुई हजार एक सय भन्दा बढी मासिनको कोरोनाका कारण मृत्यु भएको छ ।