अन्तर्राष्ट्रिय

चिनियाँ राजदूतलाई लक्षित गरी विस्फोट, ४ जनाको मृत्यु

९ वैशाख, काठमाडौं । पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गरी गरिएको विस्फोटमा परी चार जनाको मृत्यु भएको छ । क्वेटामा शहरमा रहेको चर्चित सेरेना होटलमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

आक्रमणको समयमा चिनियाँ राजदूत क्वेटामा थिए । विस्फोट होटलको कार पार्किंग गर्ने ठाउँमा भएको हो । सेरेना होटल क्वेटामा निकै चर्चित छ, यहाँ सरकारी अधिकारी र चर्चित व्यक्तित्व आइरहन्छन् ।

विस्फोटको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ ।