अन्तर्राष्ट्रिय

भारतमा एकैदिन ३ लाख १५ हजार संक्रमित, २१ सय बढीको मृत्यु

९ वैशाख, काठमाडौं । भारतमा एकैदिन तीन लाख १५ हजार भन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख १५ हजार ८ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै भारतमा कोरोना संक्रमण हुनेको कुल संख्या एक करोड ५९ लाख २४ हजार आठ सय पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार भन्दा बढी मानिसको कोरोना संक्रमणका कारण ज्यान गएको छ । आज यहाँ दुई हजार एक सय दुई जना संक्रमितको मृत्यु भएको हो ।

भारतमा बिहीबार बिहानसम्ममा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार ६ सय ७२ पुगेको छ । बिहीबार बिहानसम्म यहाँ सक्रिय संक्रमितको संख्या २२ लाख ९० हजार सात सय २८ रहेको छ ।