राजनीति

सरकारको मात्र भर नपरी महामारीबाट बच्न आफुपनि सजग बनौंः अध्यक्ष थापा

८ बैसाख, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले कोरोना महामारी डरलाग्दो हुंदैछ भन्दै महामारी घटेको बेला सरकारले संभावित दोस्रो लहरको राम्रो तयारी नगर्दा अहिले परिस्थिति जटिल बनेको टिप्पणी गरेका छन् ।
अध्यक्ष थापाले आहुवान गर्दै यस अवस्थामा मास्क प्रयोगगर्ने, भौतिक दूरी कायमगर्ने,साबुन पानीले हातधुने काम अनिवार्यरूपले गरौँ, सरकारको मात्र भर नपरी महामारीबाट बच्न आफुपनि सजग बनौं भनेका छन् ।

अध्यक्ष थापाको ट्वीटः कोरोना महामारी डरलाग्दो हुंदैछ।महामारी घटेको बेला सरकारले संभावित दोस्रो लहरको राम्रो तयारी नगर्दा अहिले परिस्थिति जटिल बनेको छ।
यस अवस्थामा मास्क प्रयोगगर्ने, भौतिक दूरी कायमगर्ने,साबुन पानीले हातधुने काम अनिवार्यरूपले गरौँ। सरकारको मात्र भर नपरी महामारीबाट बच्न आफुपनि सजग बनौं