आर्थिक

अजोड ईन्स्योरेन्सको तेस्रो साधारणसभा सम्पन्न

८ वैशाख, काठमाडौं । अजोड ईन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। ईन्स्योरेन्सको मंगलबार तेस्रो साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आ.व. २०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरेर पारित गरेको छ ।

कम्पनीले २०७७ फाल्गुण मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारण भएको बन्दाबन्दीले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७६/०७७ मा कुल बीमाशुल्क अठासी करोड त्रिचालिस लाख सत्र हजार दूई सय अठार संकलन गरेको छ ।