समाचार

कोरोना संक्रमणबाट पत्रकारको निधन

८ वैशाख, दाङ । जिल्लामा कोरोना भाइरस संक्रमणबाट एक पत्रकारको मृत्यु भएको छ । घोराही घर भएका पत्रकार दामोदर अधिकारीको कोरोना संक्रमणबाट निधन भएको हो ।

अधिकारीलाई गत चैत २७ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमणपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसनमा भर्ना भएर उपचार गराइरहेका अधिकारीको स्वास्थ्यमा थप समस्या आएपछि काठमाडौं ल्याइएको थियो ।

उनको करुणा अस्पतालमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो । उनी दाङबाट प्रकाशित पत्रिका गोरक्ष दैनिकमा आबद्ध थिए ।