राजनीति

स्पष्टिकरण सोधिएका एमालेका नेपालसहित ३२ सांसदले आज प्रष्टिकरण बुझाउने

८ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ३२ सांसदले आज स्पष्टिकरण बुझाउने भएका छन् । एमालेद्वारा पार्टी विपरीत गतिविधि गरेको भनि मंगलबार स्पष्टिकरण सोधिएका ३२ सांसदले आज प्रष्टिकरण दिने भएका हुन् ।

मंगलबार नेता नेपालसहित संघका २७ र प्रदेशका पाँचजना सांसदहरूलाई स्पष्टीकरण पत्र पठाइउको थियो । स्पष्टीकरण पत्र काटेपछि मंगलबार नै खनाल–नेपाल समूहका सांसद, केन्द्रीय नेताहरू बसेर स्पष्टीकरण बुझाउने र अन्तिमसम्म पार्टी एकताकै निम्ति संघर्ष गर्ने बताएका थिए ।

उनीहरुमाथि पार्टी अनुशासन विपरीत कर्णालीमा फ्लोर क्रस गर्न दुरुत्साहित गरिएको, सांसदहरू भड्काएको आरोप लगाइएको छ ।