पु.समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारबाट समर्थन फिर्ता होला ?

८ वैशाख । काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ । कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको हो ।

आजको बैठकमा पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थत फिर्ता लिने लगायतका विषयमा छलफल हुने बताइएको छ । माओवादीको स्थायी कमिटी बैठक हिजो मंगलबार पनि बसेको थियो । बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ ।

आजको बैठकमा विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसुची तय गरेको बताइएको छ ।