विचित्र संसार

जब रिसेप्सन पार्टी छोडेर दुलही कोरोना खोप लगाउन पुगिन्…

८ वैशाख, एजेन्सी । सामाजिक सञ्जालमा यतिबेला एउटा तस्बिर भाइरल बनेको छ । तस्बिरमा एक अमेरिकी युवती दुलहीको पहिरनमा खोप लगाइरहेको देखिन्छ ।

अमेरिकाकी बाल्टीमोरकी सारा स्टडली नामकी युवती विवाहको कपडामा नै कोरोनाविरुद्धको खोप लगाउन अस्पताल पुगेकी हुन् । कोरोना भाइरसका कारण आफ्नो रिसेप्सन पार्टी क्यान्सिल भएपछि उनले रिसेप्सनका लागि तयार गरेको कपडा लगाएर कोरोना खोप लगाउन गएकी हुन् ।

रिसेप्सन पार्टी रोकिएपछि त्यसका लागि लगाउन भनेर तयार गरेको गाउन ती युवतीलाई आलमारीमा थन्क्याएर राख्न मन लागेन । त्यसपछि उनले त्यहि कपडा लगाएर खोप लगाउन गएको बुझिएको छ ।

उनको यस तस्बिर र कार्यलाई सामाजिक सञ्जालमा धेरैले प्रशंसा र आश्चर्य व्यक्त गरेका छन् ।