बाग्मती

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओलीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नंको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बोलेरोले ओलीलाई मङ्गलबार साँझ ६ः३० बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइतेको राति १२ः३५ बजे मृत्यु भएको हो । बोलेरो र चालक प्रहरीको नियन्त्रणमा छन् ।