स्वास्थ्य

रुसी खोप ‘स्पुतनिक भी’ लाई नेपालमा प्रयाेगका लागि अनुमति

८ वैशाख, काठमाडौं । रुसी खोप स्पुतनिक भी ले नेपालमा आपतकालिन अवस्थामा प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागले रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो ।

यसअघि नेपालमा भारतीय र चिनियाँ खोप मात्र प्रयोगमा थिए । अब नेपालमा तीन कम्पनीका कोरोनाविरुद्धका खोप लगाइनेछ ।

भारतले गत चैत ३१ गते नै कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । कोभिड संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको थियो ।