प्रदेश 2

रामनवमीको अवसरमा आज सार्वजनिक बिदा

८ वैशाख, धनुषा । रामनवमीको अवसरमा प्रदेश २ मा आज सार्वजनिक बिदा दिइएको छ । मुख्यमन्त्री लालबाबु राउतद्वारा प्रेस विज्ञप्ति जारी गरी आज प्रदेशभर बिदा घोषणा गरिएको हो ।

प्रदेश २ सरकारले रामनवमीको अवसरमा कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड तथा सरकारले जारी गरेको निर्देशन पालना गर्न अनुरोध समेत गरेको छ ।