समाचार

विश्वभर ३० लाख ५६ हजारको मृत्यु, संक्रतिम संख्या १४ करोड ३५ लाख नाघ्यो

८ वैशाख, काठमाडौं । विश्वभरमा कोरोना भाइरस संक्रमणबाट ३० लाख ५६ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । बुधबार बिहानसम्ममा विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० लाख ५६ हजार चार सय ११ पुगेको हो ।

बुधबार बिहानसम्ममा सम्ममा १२ करोड १८ लाख ७५ हजार चार सय ८९ जना संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म विश्वमा १४ करोड ३५ लाख १८ हजार पाँच सय २० जनामा कोरोना संक्रमण भएको छ । हाल विश्वमा एक करोड ८५ लाख ८६ हजारभन्दाबढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड २५ लाख ३३ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ५१ लाख चार हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ८२ हजार चार सय ३३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड ५६ लाख नौ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड ३२ लाख ६९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ८२ हजार पाँच सय ७० जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ८७ हजार पाँच सय ६७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७५ हजार आठ सय ६ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार एक सय दुई जनाले ज्यान गुमाइसकेका छन् ।