सुदूरपश्चिम

सेती नदीमा बेपत्ता भएका युवककाे शव ४ दिनपछि भेटियाे

डोटी । सेती नदीमा बेपत्ता भएका युवकको शव मंगलबार फेला परेको छ । गत शनिबार सेती नदीमा नुहाउन गएका बेला बेत्ता भएका सायल गाउँपालिका–४ डौडका ३१ वर्षीय सूर्यबहादुर बोगटीको शव मंगलबार फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहदुर मल्लका अनुसार बेपत्ता भएका बोगटीको शव दिपायल सिलगढी नगरपालिका–४ रातमाटी नजीकको सेती नदीमा फेला परेको हो ।

नदीको बीच भागमा भेटिएको शव नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी टोलीले निकालेको हो ।